११ असार २०७९, शनिबार

बुबालाई बुहारीसँग मिलेर बृद्धाआश्रम पठाउने छोराको कथा देखाइयो ‘मानव जीवन’मा

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार ११:५०


६ असार, काठमाडौं । गायक इन्द्र लामिछानेको स्वर रहेको मानव जीवन बोलको भजन सार्वजनिक गरिएको छ । लोकप्रिय गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द शृजना तथा संगीत रहेको गीतमा कुमार थापाको एरेन्ज रहेको छ । जसमा मिक्स तथा मास्टरिगं किशोर थापाको रहृको छ ।

सार्वजनिक भिडियोमा पछिल्लो समय बढ्दो आधुनिकता, व्यस्त जीवन शैली र फेरिँदो रहनसहनकाबिच छोरा छोरी र बुहारीले बाबु आमालाई हेर्ने नजर फेरिएका कतिपय नराम्रा घटनाहरुलाई समेटेर गायक लामिछानेले तयार पारेको मानव जीवन बोलको भजनमा बाबु आमालाई बोझका रुपमा हेर्दै बुहारी र पत्निको नराम्रो कुरा सुनेर बृद्धा आश्रममा लग्ने बढ्दो प्रचलनलाई भिडियोमा मार्मिक तरिकाले देखाइएको छ ।

किरण चाम्लिगं राईको निर्देशन रहेको भिडियोमा बरिष्ठ कलाकार हरिहर शर्माको अभिनयले जीवन भरेको देखिन्छ । भिडियोमा हरिहर शर्माका अलावा दिनेश कोइराला र रमा खड्काको अभिनय रहेको छ । गायक स्वयमकै अफिसियल युट्युब च्यानल लामिछाने ब्रदर्स इन्टरटेनमेन्टबाट बजारमा आएको हो ।


156
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा