११ असार २०७९, शनिबार

‘सम्झना–बिर्सना’ को हाँस्ने खेल्ने बेलैमा सार्वजनीक

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १२:१२


६ असार, काठमाडौं । प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ मा समाबेश ‘हाँस्ने खेल्ने बेलैमा..’ बोलको नयाँ गीत शनिबार राजधानीमा प्रेसमिट गरि सार्वजनीक गरिएको छ ।

असार ३१ गते प्रदर्शन हुने गीतमा अञ्जु पन्त र किरण गजमेरको स्वर तथा अर्जुन पोखरेलको शब्द,संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको गीतमा फिल्मका प्रमुख कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर छन् ।

‘डान्सिङ्ग फ्लेभर’ को रोमान्टिक गीतमा पूजा र आकाश खुलेर नाचेका छन् । भक्तपुर दरबार स्क्वायरलाई सुन्दर ढंगले प्रस्तुत गरिएको गीत सार्वजनीक भएको २४ घण्टा नबित्दै यु्ट्युव म्युजीकको १५ नंबर ट्रेनीङमा परेको छ । दर्शक,स्रोताले अधिक मन पराइरहेको यस गीतको टिकटक पनि निकै बनिरहेको छ ।

अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधानको निर्माणमा बनेको फिल्मको लेखन तथा निर्देशन निमेष प्रधानले गरेका हुन् । स्थानीय निर्वाचनका कारण जेठ ६ मा प्रदर्शन स्थगीत गरिएको फिल्म अब भने ३१ असारमा दर्शक माझ आउदैछ । फिल्ममा समाबेश ‘परेलीमा लुकाउछु’ बोलको गीत केही समयअघिनै सार्वजनीक भइसकेको छ ।

प्रदर्शन मिति नजिकीदै जादा प्रचारप्रशारलाई ब्यापक बनाउदै लगेको फिल्ममा पूजा र आकाशको जोडीका साथमा सुनील थापा,शिसिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । अद्वितीय फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ को छायांकन दार्जिलिङ,सिक्किम,सिल्गुढीका साथ एउटा गीत काठमाडौंमा गरिएको हो ।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको गीत सार्वजीक कार्यक्रममा आकाश,पूजा,निर्देशक निमेष,निर्माता द्वय अद्वितिय–रेविका,संगीतकार अर्जुन पोखरेल,छायाँकार शिब ढकाललगायतका कलाकार तथा प्राबिधिक उपस्थिति थिए । सबैले आफूहरुले ‘सम्झना–बिर्सना’ निर्माणमा निकै मिहीनेत र मन लगाएको बताए । उनीहरुले दर्शकको मनोरञ्जनका लागि आफूहरु जतिसुकै मिहीनेत गर्न पनि पछि नपरेको दावी गरे । गीत बुढा सुब्बा डिजीटलमा अप्लोड छ ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा