११ असार २०७९, शनिबार
धर्म/संस्कृति

मन्दिरको जग्गा अतिक्रमण हुने क्रम बढ्याे

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १२:३४


♦खड्क सुना

६ असार,  मुगु  । मुगुको छायाँनाथ रारा नगरपालिका(२ मा अवस्थित सदरमुकाम गमगढी बजारको बीचमै रहेको प्रसिद्ध धार्मिक स्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको छ ।

मन्दिरको नाममा २०५२ मा सञ्चालन भएको नापीमा रहेको कित्ता नम्बर १२ को दुई हजार २४८ क्षेत्रफलमा रहेको जग्गा अतिक्रमण गरेर घर बनाउने क्रम बढेको हो ।

कालिका मालिका दुवै देवी हुन्, कालिकालाई रगतको भोग लाग्छ भने मालिकालाई दूध भोग लाग्ने धार्मिक विश्वास छ । छत्याल मल्लको स्थापनादेखि नै कुल देवताको रुपमा कालिका मालिका मानिँदै आएको छ ।

राजकीय डाँडा भएको हुँदा कालिका मालिकालाई प्राचीन धार्मिक स्थल भनिएको हो । हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घरलगायत वरपरको क्षेत्रमा ४ किल्ला भित्र कालिका मालिकाको मन्दिर छ ।

दमाया ढुक्सो, भीमसेन स्थान पनि यही जग्गाभित्र पर्छ ।  भू(माफिया र २०५२ मा नापी गर्ने कर्मचारीको मिलेमतोमा नौ रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले जानकारी दिए ।

 मन्दिरको जग्गा पहिला नौ रोपनी थियो । पछिल्लो नापी भइसकेपछि जग्गा अतिक्रमण गर्नेहरूको विवरणसहित मन्दिरको कागजपत्र रहेको रेकर्ड फाइलमा राखिएको उनले बताए ।

 पहिलाको मन्दिर व्यवस्थापन समितिले जग्गा अतिक्रमित भए पनि कुनै पहल नगरेकामा अहिलको नयाँ समिति आएपछि मन्दिरको जग्गा खोज्न थालिएकाले आशा जगाएको कालिका मालिका मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईंले बताए ।


247
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा