रवि लामिछानेका दाजुभाइ नै चुनाव उठ्ने
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार १८:४४:४३
६ असार, काठमाडौं । टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठने भएका छन् । दशकौं लामो सक्रिय सञ्चारकर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निवर्नचन क्षेत्र कायम गरिनेछ ।
मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु,’ हरिशरणले घोषणा गरेका छन, ‘सम्भवतस् काठमाडौं( १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नु हुनेछ ।’
काठमाडौंबाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले जनाएका छन् । ‘काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नु हुनेछ
बाँकी कुरा यही १७ र १८ असारमा राष्ट्रिय भेलाले तय गर्नेछ,’ हरिशरणले भनेका छन् । उनीसँग पनि लामो समय रेडियो पत्रकारिताको अनुभव छ ।
यसैगरी उनका भाइ रविले भने ७ असारमा राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्नेछन् । तर, उनले कुन स्थानबाट निर्वाचन लड्ने, त्यो भने अझै खुलाएका छैनन् । सम्भवतस् मंगलबारको कार्यक्रमार्फत उनले सो घोषणा गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार