११ असार २०७९, शनिबार
लुम्बिनी प्रदेश

लेदोसहितको भलले बगाएर कपिलवस्तुमा दुई जना बेपत्ता

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १३:३६


६ असार, कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिका(१ पहिरा खोलाको लेदो सहितको पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता भएका छन् ।

बिहान ७ः३० बजे प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा सडकबाट बग्दै गरेको भलले बगाएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा भारत बलरामपुर जिल्ला बस्ने १७ वर्षीय निखिल कौशल, १८ वर्षीय सुरज सोनी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहले बताए ।

उनीहरु लु२ख २७१६ नम्बरको फोर्स गाडीबाट यात्रा गरिरहेका थिए । सडकमा पानीको भल देखेपछि उनीहररु गाडीबाट ओर्लिएर अवलोकन गर्दै

हिड्ने क्रममा बगाएको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख सूर्यबहादुर सेन ओलीले बताए । बेपत्ताको खोजीको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको बताइएको छ ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा