प्रतिभा डबली संचालन हुँदै
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार १९:२२:१६
६ जेठ, काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि प्रतिभा डबली, २०७९ संचालन गर्ने भएको छ ।
मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्याको पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदाबारे उल्लेख गरेर आवेदन फर्म भर्न आह्वान गरेको छ । यही असार १३ गतेभित्र आवेदन बुझाउनुपर्नेछ । प्राप्त आवेदनमध्ये उत्कृष्ट १० विचार, प्रतिभा वा सोचलाई छनोट गरिने र उत्कृष्ट तीनलाई आर्थिक पुरस्कार र सम्मानपत्र पनि दिइने जनाइएको छ ।
शीर्ष तीन आइडियालाई कार्यक्रम र बजेटमा समावेश पनि गरिने छ । प्रतिभा डबलीसम्बन्धी आज आयोजित अन्तक्र्रिया कार्यक्रममा सो मन्त्रालयका सचिव सुरेश अधिकारीले उत्पादन, सेवा प्रवाह, विकास, वातावरण, विपद् व्यवस्थापन, दैनिक कार्यलगायतका क्षेत्रमा नवीन सोच प्रस्ताव गर्न सकिने बताए ।
उनले नवीन सोच वा नीतिगत निर्णय लिनुअघि त्यसका समग्र पक्षको विश्वेषण गर्नु आवश्यक भएकाले निजामति कर्मचारी केवल जागिरका लागि नभइ सरकारको अंग पनि भएकाले त्यो गम्भीरतालाई मनन गरेर काम गर्नुपर्नेमा जोड दिए ।
निजामति कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभाको उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम संचालनको कार्यविधि जारी गरिएको छ । कार्यविधिनुसार डबलीमा भाग लिन सो मन्त्रालयले सबै मन्त्रालय र निकायलाई गत जेठ ३० गते पत्राचार गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
विशाल भण्डारी भन्छन्: 'म र टिमको गल्तीले दुर्घटनामा पर्यौ'
चैत २९, २०८० बिहिबार
कमेडी च्याम्पियनको सुटिङ आजबाट पुनः सुरू हुने
चैत २७, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
अनामनगर मैतिदेवी क्षेत्रमा ५ बजेसम्म विद्युत अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार