११ असार २०७९, शनिबार

विभिन्न स्थानका काठमाडौंमामा चार जना मृत अवस्थामा फेला

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १३:५२


Dead body in a mortuary

६ असार, काठमाडौं ।  झापा, चितवन, नवलपरासी (पश्चिम) र काठमाडौंमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

झापाको झापा गाउँपालिका–२ सिर्जना बस्तिस्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बीर बहादुर गोले आइतबार मृत अवस्थमा फेला परेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका–१ वयर गोरखाली टोल बस्ने ६० वर्षीय शुक बहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी९पश्चिम०को रामग्राम नगरपालिका–१६ जमुनियास्थित सिएम इँटा उद्योग प्रालि नजिकै रहेको पोखरीमा सोही उद्योगमा काम गर्ने दाङ लमही नगरपालिका–८ सतबरिया बस्ने ३५ वर्षीय त्रिपाल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ ढुङगेधारास्थित खाली चौरको छेउमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।


273
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा