६ असार, काठमाडौं । पर्यटन क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अराजकताले व्यवसाय नै धरापमा पर्न लागेको भन्दै पर्यटन व्यवसायसँग आबद्ध व्यवसायीहरुले उनलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अपील गरेका छन् ।
पर्यटन व्यवसायसँग आबद्ध तीन संगठनले पर्यटनमन्त्री आलेले अश्लिल र अराजक गतिविधि देखाएको र यसले आफ्नो व्यवसायमा असर पारेको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।
नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अपील गरेका हुन् ।