राजनीतिकरणले नेपाली प्रहरीको साख गिर्यो : नवराज सिलवाल
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार २१:५१:२७
६ असार, काठमाडौं । एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिककरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले नेपाल प्रहरीलाई राजनीतिकरणबाट मुक्त गराउनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रहरीको सुरुवा, बढुवामा ध्यान दिनुभन्दा समग्र मुलुकको विकासमा समय खर्चनु उपयुक्त हुने उनको भनाइ छ । दक्षिण एसियाकै अनुसन्धान क्षमता र कार्यसम्पादन दक्षता उत्कृष्ट रहेको नेपाल प्रहरीको साख राजनीतिकरणले गिरेको भन्दै उनले प्रहरीलाई साधनस्रोत सम्पन्न र राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताएका हुन् ।
नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका सांसद सिलवालले भने, ‘ युएनको एउटा अध्ययनले भनेको छ, सार्कमा सबैभन्दा राम्रो अनुसन्धान गर्नसक्ने क्षमता र दक्षता भएको नेपालको प्रहरी हो ।
यो अभिलेखीकरण भएको छ । यस्तो प्रहरीलाई राजनीतिकरण गरिएको छ । मनखुसी बढुवा, सरुवा गरिएको छ । आ–आफ्नो मान्छे चापेको छ । प्रहरीलाई सक्षम र सवल बनाउनुहोस् । प्रधानमन्त्रीले डीएसपी, डीआईजी र आइजी बढुवा गर्नेमा लाग्ने होइन, मुलुकको समृद्धिमा लाग्ने हो ।’ गृहमन्त्रीले पनि एउटा व्यक्ति र संस्थाको मात्र होइन समग्र विकासमा लाग्नुपर्ने सिलवालको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार