११ असार २०७९, शनिबार
बाग्मती प्रदेश

मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा बजेटमाथि छलफल हुने

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १६:१५


६ असार, काठमाडौं  । राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।

बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ।

सोमबारको बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल भएको छ।


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा