११ असार २०७९, शनिबार
प्राकृतिक प्रकोप

बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सन्चालन

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १६:४९


६ असार,  लमजुङ ।  शनिबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीसहर चामे सडक सञ्चालनमा आएको छ । अवरुद्ध भएको बेँसीसहर नगरपालिका(६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीसहर(बाझाखेत खुदी सडकको प्रयोग गरी सोमबार बिहान ११ बजेदेखि सवारी आवतजावत भएको डुम्रे(बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए ।

वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ । मनाङ जाने एक मात्र बेँसीसहर(चामे सडक अवरुद्ध हुँदा मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नुपरेको छ। प्रत्येक वर्ष खरखरेको पहिरोले सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या हुने गरेको मर्स्याङ्दीका जीवन भण्डारी बताउँछन् ।


1.17k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा