१२ असार २०७९, आईतवार

देशभर थप २८ जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १६:४९


६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोनाबाटकसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षणमा २० जना र २ हजार ५२ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १२० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११७ जना होम आइसोलेसनमा रहेका छन् ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा