११ असार २०७९, शनिबार
नेपाल प्रहरी

काठमाडौंको मच्छेगाउँमा एक युवकको शव फेला

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १७:४४


६ असार, काठमाडौं ।  काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् ।

मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

चार तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा थामीको शव फेला परेको थियो । उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।


429
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा