११ असार २०७९, शनिबार

राष्ट्र ऋण उठाउने विधेयक पारित

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १७:५५


६ असार , काठमाडौं ।  संसदले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पारित गरेको छ ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो ।

छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा