११ असार २०७९, शनिबार
समाचार प्रभाव
सशस्त्र प्रहरी

नेपालबहस समाचार प्रभावः सशस्त्रमा कमाण्ड कन्ट्रोल कठोर, शक्तिकेन्द्र धाउनेलाई झट्का

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार ११:२०


७ असार, काठमाडौं । सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्ति भएको डेढ महिनापछि भएको बढुवामा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कठोर बनेका छन् । उनले शक्तिकेन्द्र धाएर बढुवा हुन चाहने अधिकृतलाई कारवाही गर्ने चेतावनी दिएर नियमसंगत ढंगले मात्रै बढुवा हुने संकेत गर्दै कठोर बनेका हुन् ।

कामु एसएसपीहरु बल्लतल्ल बढुवा भएपनि एसपी, डीएसपीहरुको बढुवा हुनेक्रममा निकै राजनीतिक दबाब खेपेका आईजीपी अर्यालले आइतबार राती गरेको बढुवामा वरिष्ठता र कार्यक्षमतालाई मिच्न अस्वीकार गर्दै जो बढुवाको सूचीमा रहेका हुन उनीहरुलाई मात्रै बढुवा सिफारिस गरेका छन् ।

राजनीतिक दबाबकै कारण डीएसपीबाट एसपीका लागि सूचना निस्केको १२ दिन हुँदा पनि बढुवाका लागि सिफारिस हुन नसकेको अवस्थामा आईजीपी अर्यालले आफ्नो अडानलाई कायम राख्दै सशस्त्र प्रहरी नायव उपरीक्षक ‘डीएसपी’को बढुवालाई अघि बढाएका हुन् ।

खासगरी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड नजिक छु भन्ने डीएसपीका कारण अहिलेसम्म बढुवा सिफारिस हुन सकेकाे थिएन । सिंस ३ का तेस्रो लटमा बढुवा भएका दर्शन गिरी, चेतराज जोशी, लोकेन्द्र भट्ट,वासुदेव लोहनीका कारण बढुवा सिफारिस हुन नसकेपछि आईजीपीले गृहमन्त्री बालकृष्ण खाँणको समेत सहमति लिएर बढुवा प्रकृया अघि बढाएका थिए ।

चार धाम बाला डीएसपीहरूले बिहान–बेलुका शक्तिकेन्द्रमा धाएर सिंस ३ का पहिलो टोलीलाई बढुवा हुनबाट रोक्न खोजेका थिए । चेतराज जोशीका बाबु शेरबहादुर देउवाका घरायशी पुरोहित भएकै कारण उनको बढुवालाई भने आईजीपीले रोक्न नसकेको अवस्था छ भने अन्य सबैलाई उनले रोकिदिएका छन् । उनी इलाम गुल्ममा बस्दा काठ तस्करीमा मुछिएका थिए तथा पशुपति नाकाबाट तस्करी गराएको आरोप लागेका जोशीको बढुवामा भने गृहमन्त्रीले नै जोड गरेको र सिंस २ का भएका कारण रोक्न सकेका थिएनन ।

त्यस्तै वासुदेव लोहनी तनहुको हुँ भन्दै कांग्रेसी नेताहरुको पहुँचमा रहेपनि रोकिएका छन् । लोकेन्द्र भट्ट सुदुरपश्चिमको नाता लगाएर नेताहरुको चाकडीमा पुग्ने गरेका उनलाई कारवाहीको चेतावनी दिइएको छ । दर्शन गिरीले फेसबुकमा आईजीपीलाई च्यालेन्ज गरेका थिए । उनलाई पनि कारवाही गर्ने चेतावनी दिइएको छ ।

गिरीले बढुवाको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत् धम्कीपूर्ण भाषामा चेतावनी दिएका थिए । आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयसँग नजिक रहेको भन्दै दिनमा एकपटक खुमलटार पुग्ने गरेको र त्यहीबाट आईजीपी अर्याललाई फोन गरेर तनाव दिने गरेका थिए ।

गिरीले केही दिन अघि ‘जे गर्नुभएको छ, सजिलै छाडिदैन’ भन्ने स्टाटस पोष्ट गरेर संगठन प्रमुखलाई धम्क्याएका थिए । उनी सिंस ३ को पनि तेस्रो लटको अन्तिममा भएकाले बढुवाको संभावान निकै कम भएपछि शक्तिकेन्द्रको शरणमा पुगेका हुन् । दुई वर्ष अघि नै कारवाहीमा परेकाले उनको बढुवा अझै केही समय नहुने भएपछि उनी आत्तिएका हुन् ।

उनी धादिङमा बस्दा युवतीकाण्डमा फसेका थिए । त्यो बेला निकै दौडधुप गरेर उनले युवतीकाण्डलाई सामसुम पारेका थिए । उनी केही समय रसुवामा पनि बसेका थिए । धेरै वटा लफडा भएपछि उनको सरुवा भएको थियो । अहिले भने उनको दिनचर्या खुमलटारमा वित्ने गरेको छ । सशस्त्रमा उनीहरुको गतिविधिबारे नेपालबहसमा दुईदिन अघि समाचार प्रकाशन भएको थियो । उनीहरुकै कारण बढुवा रोकिएपछि नेपालबहसले समाचार प्रकाशन गरेको थियो ।

यस्ताे थियाे समाचारः- 

सशस्त्रमा चार भाईको चार धाम यात्रा, रोल नं अझै अन्तिमतिर


2k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा