११ असार २०७९, शनिबार

कम्युनिष्ट एकता हुनसक्छ : विप्लव

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार ०८:५२


७ असार, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने बताएका छन् । उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए ।

जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने बताएका हुन् । उनले भने,‘ कम्युनिष्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’

 


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा