१२ असार २०७९, आईतवार

कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १२:०६


७ असार, काठमाडौं । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ ।

अजोड इन्स्योरेन्स लिमिटेडले जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका हुन् ।

उक्त कार्यक्रममा २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।


182
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा