७ असार, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना तीन संस्थापक शेयरधनीका सात हजार पाँच सय कित्ता शेयर बिक्री गर्ने भएको छ ।
कविताकुमारी चौधरीको नाममा रहेको तीन हजार पाँच सय, आकाशकुमारी सिंहको दुई हजार र दुर्गानन्द चौधरीको नाममा रहेको दुई हजार कित्ता शेयर संस्थाले बिक्री गर्ने भएको हो ।
उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिइएको छ । खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
आवेदन लघुवित्तको केन्द्रीय कार्यालय सप्तरीको अग्निसाइर कृष्णासवरण–६ महुलीबाट प्राप्त गर्न सकिन्छ । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरे संस्थाले अन्य व्यक्ति तथा संस्थामा बिक्री गर्ने जनाएको छ ।