७ असार, काठमाडौं । भन्सार विभागले आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपाललाई करिब १६ खर्ब व्यापार घाटा भएकाे जनाएकाे छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कले चालू आर्थिक वर्षको जेठसम्ममा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख ७८ हजार रुपैयाँ व्यापारघाटा व्यहोरेको हो ।
११ महिनाको अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको आयात हुँदा १ खर्ब ८५ अर्ब ८३ करोड रूपैयाँ निर्यात भएको छ। आव २०७७/७८ को सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । जुन यो वर्ष २७.५ प्रतिशतले आयात बढेको देखिन्छ।
त्यस्तै वर्षको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । जुन गत वर्षको तुलनामा यो वर्ष ५३.३ प्रतिशतले निर्यात बढेको छ । नेपालले १७ खर्बको आयात गर्दा सरकारले ४ खर्ब ४६ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।