१६ असार २०७९, बिहीबार

एनएमबि बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १८:०१


७ असार, काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरिएको छ ।सम्झौता अनुसार बंैकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ अभियान अन्तर्गत नगद सहितबाट नगद रहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


195
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता