१६ असार २०७९, बिहीबार

बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रममा निक्षेप योजनाको जानकारी

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १८:१९


७ असार, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण ग्राहकहरुलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानीक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९०% सम्म ऋणको सुबिधा सहित रु. २ लाख सम्मको क्रेडिट कार्ड सुबिधा रहेको छ ।

साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३%को वार्षिक ब्याजदर सहित थुप्रै निशुल्क सेवाहरु समावेश गरी ग्राहकहरुको फाईदालाई ध्यानमा राखी सार्वजनीक गरेको हो ।

बैंकको प्रदेश १ अन्तर्गतका विराटचोक, विराटनगर, विर्तामोड, बुधबारे, धरान, दिक्तेल, इटहरी, खाँदबारी, उर्लाबारी, दमक, तथा काँकरभित्ता लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।


156
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता