११ असार २०७९, शनिबार

अमेरिकन चेम्बर अफ कमर्सकाे प्रगति बैठकमा उपलब्धिहरूको चर्चा

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १९:०१


७ असार, काठमाडौं । नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्स  AmCham ले आयोजना गरेको प्रगति बैठकमा उपलब्धिहरूको चर्चा गरिएको छ ।

यस हप्ता आफ्ना सदस्यहरूका लागि काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्ष  अजित शाहले नोभेम्बरमा एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरेका थिए । चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु छन् ।

समितिहरू निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाको आधारमा समितिहरूलाई वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको छ ।

समितिले अब विभिन्न समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी र नेपाली कम्पनीहरू बीचको सम्बन्धलाई सहज बनाउन काम गर्नेछ जसले गर्दा स्थानीय कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँग काम गर्दै आफ्नो व्यवसाय विस्तार गर्न र अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्ने अवसरहरूबारे चेतना अभिवृद्धि गर्न सक्नेछन् ।

अमेरिकन चेम्बर अफ कमर्स  (AmCham)  नेपालमा सञ्चालित अमेरिकी व्यापारिक संस्थाहरूको एक संगठन हो ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा