बाँकेमा मातृ मृत्युदरकाे संख्या बढ्दै
नेपालबहस संवाददाता
असार ८, २०७९ बुधबार १६:५९:१९
८ असार,राँझा । बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम स्रोत व्यक्ति पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार जिल्लामा ६ महिनामा नेपालगञ्ज उपमहानगरपालिकामा ६, जानकी गाउँपालिकामा तीन, राप्ती सोनारी र नरैनापुरमा दुई–दुई तथा कोहलपुरमा एक सुत्केरीको ज्यान गएको छ ।
अधिकांश महिलाको सुत्केरीपश्चात अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ । अस्पतालमा ४३ प्रतिशत, बाटोमा २९ प्रतिशत र १४ प्रतिशतको घर तथा १४ प्रतिशतको अन्य ठाउँमा मृत्यु हुने गरेको तथ्यांक छ । उनन्तीस प्रतिशतको अत्यधिक रक्तश्राव र २१ प्रतिशतको रगतको कमी भएर मृत्यु भएको पाइएको छ । मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समूहका छन् । गम्भीर अवस्थामा पुगेपछि मात्र अस्पतालमा आउँदा अधिकांश महिलाको अकालमा मृत्यु हुने गरेको भेरी अस्पताल नेपालगंजका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा कल्पना थापाले बताईन् ।
“नियमितरूपमा गर्नुपर्ने जाँच नगरी ब्यथा लागेर अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल पुग्ने गरेका कारण उनीहरूलाई बचाउन गाह्रो हुन्छ”, उनले भनीन्, “कतिपयमा रक्तचाप, मधुमेह, थाइराइडजस्ता समस्या देखिने गरेको छ ।” बाँकेमा आर्थिक वर्ष २०७७/७८ मा ४६, २०७६/७७ मा ३५ र २०७५/७६ मा २९ सुत्केरीको ज्यान गएको थियो । मातृ मृत्युदर बढ्नुमा बालविवाह, उमेर नपुग्दै गर्भवती, पोषणको कमीलगायत कारण रहेको डा थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
गुलसनले लिए यूएईको दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई पहिलो सफलता, सोमपालले लियो पहिलो विकेट
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो - सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम नगर्नु
बैशाख ७, २०८१ शुक्रबार
मनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार