१६ असार २०७९, बिहीबार

सेन्चुरी बैंकको शेयर लिलामी बिक्री खुला

प्रकाशित मिति :  ८ असार २०७९, बुधबार ११:२२


८ असार, काठमाडौं । सेन्चुरी बैंकले ८ असारबाट १८ लाख १२ हजार ८९ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १४५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा १५ असारसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी शेयरको आवेदन १६ असार बिहान १० बजे एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।


13
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता