दुई वर्षपछि मनाइयो त्रिशुल जात्रा
नेपालबहस संवाददाता
असार ८, २०७९ बुधबार १८:१३:५३
८ असार, काठमाडौं। पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउन मनाउने विश्वास गरिने त्रिशुल जात्रा दुई वर्षपछि सिफल चौरमा सम्पन्न गरिएको छ । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ मा रोकिएको जात्रा यस वर्ष भने विधिपूर्वक मनाइएको पशुपति क्षेत्र विकास कोष धर्म संस्कृति महाशाखा प्रमुख गौरीशंकर पराजुलीले राससलाई जानकारी दिए । प्रत्येक वर्ष आषाढकृष्ण अष्टमीका दिन मनाइने त्रिशुल जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको भनाई छ ।
स्वयम्भू एवं नागार्जुन जंगल क्षेत्रमा बस्ने एक राक्षसले प्रत्येक वर्ष पशुपति क्षेत्रबाट बालबालिका लगेर खान थालेपछि स्थानीयवासी आतंकित बने । राक्षसले पशुपतिबाट बालक लैजाने नियमितता नै बनेपछि भुवनेश्वरीका पुजारी भूमि आचार्जुका छोरा नै लगे । आचार्जुले छोरा राक्षसले लगेको थाहा पाएपछि पाटन शंखमूल क्षेत्रमा गई तान्त्रिक साधना गरेर अमृत लिएर नयाँबानेश्वरमा आउँदा छोरालाई मारेको केही महिलाले सुनाए ।
नयाँबानेश्वरको हाल छक्कुबक्कु मन्दिर रहेको क्षेत्रमा अमृत बिसाएर महिलालाई गाली गरेकाले त्रिशुल जात्राका क्रममा अश्लील शब्दले गाली समेत गर्ने गरेको भनाई रही आएको छ । आचार्जुले ल्याएको अमृतले बालकलाई बचाएर त्यसै वर्षदेखि पशुपति क्षेत्रमा त्रिशुल जात्रा गरी राक्षस बालबालिका लिन आएमा त्रिशुलले खोपेर आन्द्राभुँडी निकाल्ने सन्देश दिएको भनाई पशुपति क्षेत्रका संस्कृति विद् मुकुन्दराज वैद्य बताउछन् ।
सिफलचौरबाट राक्षसलाई बालबालिकामाथि आक्रमण नगर्न खबरदारी गर्न यो जात्रा सुरु गरिएको किम्बदन्ती यस क्षेत्रमा चलेको छ । कसैले भने यो जात्रा मल्लकालदेखि चलेको बताउने गरेका छन् । यो जात्रा गरेपछि वर्षभर पशुपति क्षेत्रका बालबालिका राक्षसबाट सुरक्षित हुने विश्वास गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर
चैत १४, २०८० बुधबार
शुक्लाफाँटा पर्यटन महोत्सव हुने
चैत ५, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार