८ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१, नयाँपाटी पुलस्थित जोरपाटी–सुन्दरीजल मूल सडक विस्तारका क्रममा करिब चार महिनाअघि बनाइएको खाडल जस्ताको त्यस्तै ।
विस्तारको काम रोकिँदा बनेको खाडल पनि यथावत् छ । खाडलमुनि ढल हालिएको छ । गत वर्ष कपनमा यस्तै खाडलमा परेर एक बालकको ज्यान गएको थियो । निर्माण स्थलमा धराप हुँदा सरोकार भएका निकायको ध्यान गएको छैन । तस्बिर: पूर्णप्रसाद मिश्र: रासस