प्रकोपबाट क्षति भएका पशुपंक्षीका लागि ८ लाख राहत दिने
नेपालबहस संवाददाता
असार ८, २०७९ बुधबार २१:२७:२५
८ असार, कर्णाली । प्राकृतिक प्रकोपमा परी क्षति भएका पशुपक्षीका लागि जुम्लामा रु आठ लाख राहत वितरण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको अध्यक्षमा मंगलबार बसेको जिल्लास्तरीय राहत वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त राहत कार्यविधिअनुसार क्षति भएका पशुपक्षीका लागि रु आठ लाख उपलब्ध गर्ने निर्णय भएको हो ।
बैठकमा पशुसेवा तथा पशु अस्पताल कार्यालय जुम्लाका कार्यालय प्रमुख गोविन्दबहादुर महतले चालु आर्थिक वर्ष २०७८÷७९ मा गत साउनदेखि हालसम्म भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए ।
उहाँले चालु आवको जेठ मसान्तसमम क्षति भई प्रहरीको मुचुल्काअनुसार पुष्टि भएका भेडा, पाठापाठी, बाख्रा खसी, गाईगोरु, कुखुरा, माछा पोखरीको क्षतिमा पाउने राहत जानकारी दिए । कार्यालय प्रमुख महतका अनुसार राहत मापदण्डअनुसार कार्यालयलाई आएको रु नौ लाखमध्ये आठ लाख वितरण गर्नुपर्नेछ । रु एक लाख भने असार अन्तिमसम्ममा केही क्षति भएमा वितरण गरिने भएको छ ।
“कार्यालय प्रमुख महतका अनुसार २०७८ कात्तिक २ गते प्राकृतिक प्रकोपले सबैभन्दा बढी तातोपानी गाउँपालिका–७ का किसानका भेडाको क्षति भएको थियो,” उनले भने, “उक्त क्षति भने संघीय सरकारले राहत दिने भएको छ । चालु आवको कात्तिक महिनामा ताम्ती क्षेत्रका नौजना किसानका १४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए ।”
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो भए पनि राहत उपलब्ध हुनु राम्रो भएको बताए । उनले बैठकमा भएको निर्णयअनुसार चाँडै खातामा हाल्न कार्यालयलाई सुझाए । गत आवमा भने पशु अस्पताल तथा पशुसेवा कार्यालयले रु १४ लाख राहत वितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार