बीरगञ्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि
नेपालबहस संवाददाता
असार ८, २०७९ बिहिबार ३:४४:४८
८ असार, पर्सा । देशकै प्रमुख व्यापारिक नाका बीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा बीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको साउनदेखि जेठसम्ममा बीरगञ्ज नाका प्रयोग गरी रु ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो ।
चालु आवको सोही अवधिमा बीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि एक खर्ब ५३ अर्ब ३६ करोड सात लाख मूल्यको २५ लाख ३१ हजार ६६० किलोलिटर इन्धन आयात भएको छ । यो गत आवभन्दा १०६.२७ प्रतिशत बढी मूल्यको ७८।५१ प्रतिशत बढी इन्धन आयात भएको हो ।
त्यस्तै बीरगञ्ज नाकाबाट हुने खाना पकाउने एलपीजी ग्यासको आयातमा समेत करिब आठ प्रतिशतले वृद्धि भएको छ । गत आवमा दुई लाख ३९ हजार ६३८ मेट्रिकटन ग्यास आयात भएको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार ५०० मेट्रिकटन बढी अर्थात् दुई लाख ५८ हजार १५० मेट्रिकटन बढी आयात भएको बीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
बीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको आयात वृद्धि भए पनि मट्टितेलको आयात ३० प्रतिशतले घटेको छ । गत आवमा ११ हजार २२० किलोलिटर इन्धन आयात भएको तुलनामा चालु आवमा तीन हजार ३६० किलोलिटर कम अर्थात् सात हजार ८६० किलोलिटर मात्र आयात भएको बीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।
उनले बीरगञ्ज नाकाबाट भित्रिएका डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन र खाना पकाउने ग्यासबाट गत आवभन्दा चालु आवमा करिब ३४ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।
गत आवमा रु ५४ अर्ब ५३ करोड ९२ लाख राजस्व सङ्कलन भएको तुलनामा चालु आवमा १८ अर्ब २८ करोड ३४ लाख बढी अर्थात् ७२ अर्ब ८२ करोड २६ लाख रुपैयाँ सङ्कलन भएको गुप्ताले बताए।
नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धन र ८५ प्रतिशत खाना पकाउने एलपिजी ग्यासको आपूर्ति वीरगञ्ज नाकाबाटै हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
चैत १५, २०८० बिहिबार
नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार