तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
असार ९, २०७९ बिहिबार १३:२८:४४
वि.सं.२०७९ साल असार ०९ गते । बिहीबार । ईश्वी सन् २०२२ जुन २३ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । असार कृष्णपक्ष । तिथि–दशमी, रातको १२ बजेर ५१ मिनेट उप्रान्त एकादशी । नक्षत्र–रेवती, बिहान १० बजेर २५ मिनेट उप्रान्त अश्विनी । योग–शोभन, बिहान ०९ बजेर २८ मिनेट उप्रान्त अतिगण्ड । करण–वणिज, दिउँसो १२ बजेर ५१ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर ५१ मिनेट उप्रान्त बव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३६ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । सुन्दर तथा बिलाशी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिने छ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपहार प्राप्तिको योग रहेको छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- बिहानको समय उत्तम रहेकोले प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिने छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । मध्यान्हबाट साथिभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागी अली बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जाने छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्ने छ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिने छ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिने छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाईलेखाईमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिने छ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा चेलिमाईतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । मायाप्रेममा धोका हुनेछ भने पतिपत्नीबीच दाम्पत्य जीवनमा घटपट आउने छ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईने छ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिने छ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाईलो यात्राको तय हुनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- कुनैपनि प्रतिस्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईने छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- शिक्षा क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान बृद्धिको योग रहेको छ धने सन्तानको प्रगती देख्न पाईनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा बिशेष चासो बढ्ने छ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाईने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । बिहानको समय मध्यम रहेकोले सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मकर’भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिने छ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने छ । उत्पादनमूखि व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने छ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्यम रहेको छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा:- सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिने छ, भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिने छ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिने छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिने छ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिने छ । गित संगितमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार