१६ असार २०७९, बिहीबार

भारतमा १२ हजार २४९ जना नयाँ संक्रमित

प्रकाशित मिति :  ९ असार २०७९, बिहीबार ०८:१६


९ असार, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२,२४९ नयाँ कोभिड संक्रमित भेटिएका छन् । यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ । भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ ।

यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ । कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन् ।

राष्ट्रिय कोभिड संक्रमणमुक्त दर९८ दशमलब ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


26
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता