१६ असार २०७९, बिहीबार

अलिबाबाका एक ग्राहकलाई १८ महिनाको जेल सजाय

प्रकाशित मिति :  ९ असार २०७९, बिहीबार ०८:४६


९ असार, एजेन्सी । यौन दुर्व्यवहारको अभियोगमा चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका एक ग्राहकलाई १८ महिनाको जेल सजाय सुनाइएको छ । ती ग्राहकले कम्पनीका एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका थिए ।

पूर्वी सहर जिनानको अदालतले उक्त सजाय सुनाएको हो । महिलालाई आक्रमण गर्नुअघि रक्सी पिउन बाध्य पारेको फैसलामा उल्लेख छ ।

ती महिलाले आफ्नो आरोप सार्वजनिक गरेपछि अलिबाबाले उनलाई बर्खास्त गरेको थियो । उनीमाथि भएको यौन दुव्र्यवहारको घटना चिनियाँ सञ्चार माध्यममा छाएको थियो । उनीमाथिको दुर्व्यवहार चिनियाँ महिलाहरूले कार्यस्थलमा भोग्नुपरेको उत्पीडनलाई उजागर गरेको छ । फैसलाको ग्राहकले अपील गर्ने बताएका छन् । चीनमा धेरैजसो यौनदुर्व्यवहारका मुद्दाहरू अदालतमा पुग्दैनन् ।

अलिबाबाका कर्मचारीले गत अगस्टमा कम्पनीले कारबाही गर्न असफल भएको सार्वजनिक रुपमा गुनासो गरेकी थिइन् । उनले सोही यात्रामा एकजना वरिष्ठ सहकर्मीलाई पनि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि उनलाई बर्खास्त गरियो, तर पछि उनीविरुद्धको फौजदारी मुद्दा खारेज गरिएको थियो ।

डिसेम्बरमा यो महिलालाई अलिबाबाले बर्खास्त गरेको थियो । उनले झूटा कुराहरू फैलाए कम्पनीको प्रतिष्ठालाई हानि पु¥याएको उनको बर्खास्तगी पत्रमा उल्लेख थियो ।


208
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता