१६ असार २०७९, बिहीबार
सुदूरपश्चिम प्रदेश

भलिबल संघ कञ्चनपुरको अध्यक्षमा मौनीलाई चयन

प्रकाशित मिति :  ९ असार २०७९, बिहीबार १०:५९


९ असार, महेन्द्रनगर ।  जिल्ला भलिबल संघ कञ्चनपुरको अध्यक्षमा श्यामसिंह मौनीलाई सर्वसम्मत चयन गरिएको छ । संघको बुधबार सम्पन्न साधारणसभाबाट मौनीको अध्यक्षतामा नयाँ कार्यसमितिको टुङ्गो लगाइएको हो ।

समितिको उपाध्यक्षमा उद्धवबहादुर चन्द, महासचिवमा उत्तमसिंह विष्ट, कोषाध्यक्षमा भरतबहादुर ऐर तथा सदस्यहरुमा नवराज भट्ट, गङ्गादत्त अवस्थी, मानसिंह रावत, तेजबहादुर चन्द, प्रकाशदत्त जोशी र रमेश केसीलाई चयन गरिएको छ ।

साधारणसभामा सङ्घका केन्द्रीय उपाध्यक्ष हरकसिंह धामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, पूर्व जिल्ला अध्यक्ष मोहन थापालगायतले भलिबल खेलको वृद्धिविकासबारे सल्लाह सुझाव दिएका थिए ।


221
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता