१६ असार २०७९, बिहीबार

मानले गरे बायर्नसँग तीन वर्षको सम्झौता

प्रकाशित मिति :  ९ असार २०७९, बिहीबार १२:२९


९ असार, एजेन्सी । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रभावशाली फरवार्ड साडियो मानेलाई तीन वर्षको लागि अनुबन्ध गरेको छ ।

३० वर्षीय सेनेगलका फरवार्ड ३५ मिलियन युरोमा जर्मन महारथि बायर्न पुगेका हुन् । मानेले लिभरपुलमा आफ्नो अन्तिम सिजन लिग कप र एफए कपको उपाधि जितेका थिए । यूईएफए च्याम्पियन्स लिगमा भने लिभरपुल उपविजेता बनेको थियो ।

यस्तै, मानेको प्रभावशाली प्रदर्शनमा सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । मानेले आफूले एनफिल्ड छोडे पनि सधैँ लिभरपुलको समर्थक रहिरहने प्रतिक्रिया दिएका छन् ।

यस्तै, उनले नयाँ चुनौती सामना गर्न आफू तयार रहेको बताए । ‘म बायर्नमा आउँदा निकै खुशी छु’, मानेले पहिलो प्रतिक्रिय दिएका छन् ।

‘मलाई बायर्नले मात्र नभई अन्य ठूला क्लबले समेत अनुबन्धन गर्ने इच्छा व्यक्त गरेका थिए । मैले बायर्न नै रोजे । म नयाँ चुनौतीको सामना गर्न तयार छु । म बायर्न आए भन्दैमा लिभरपुलको खेल हेर्न छुटाउँदिन किनभने म सधैँ लिभरपुलको नम्बर एक समर्थक हुँ,’ उनले भने ।

माने सन् २०१६ मा साउथ हमटनबाट लिभरपुल भित्रिएका थिए । उनले लिभरपुलबाट २६९ गोलमा १२० गोल गरेका छन् । यस्तै ६ उपाधि जितेका छन् ।


104
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता