अझै भएनन् बाढीपीडितका ६३२ घर पुनः निर्माण
नेपालबहस संवाददाता
असार ९, २०७९ बिहिबार १८:३२:२८
९ असार, बलेवा । तीन वर्ष पहिले वर्षाको समयमा बाढीपहिरोको चपेटमा परेको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तीलक थापाको घर खण्डहरमा परिणत भयो । भीषण वर्षापछि घरपछाडिको जमिन भत्किएर उनको घरनै भत्काइदिएको थियो । थापाको परिवार अहिले पनि छिमेकीको घरमा बस्दै आएका छन् ।
सरकारले बाढीपहिरोबाट भत्केका घरको पुनःनिर्माणका लागि अनुदान दिने भन्ने खबर पाएपछि थापाले आवश्यक कागजात तयार गरेर नगरपालिकामा बुझाए । काजगात बुझाएको दुई वर्ष बित्न लाग्दासमेत अनुदान पाउने प्रक्रिया सुरु नभएको उनको गुनासो छ । थापा मात्रै होइन् बागलुङ जिल्लाका ६३२ बाढीपहिरो पीडितले अझै पनि पुनःनिर्माणका लागि अनुदान नपाएका हुन् । सूचीकृत भएका पीडितको कार्यविधि अनुसारको प्रक्रिया नपुगेका कारण उनीहरुले अनुदान रकम पाउन सकेका छैनन् ।
सरकारले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा पहाडी क्षेत्रका लागि बाढीपहिरोका कारण पूर्ण क्षति भएका घरको लागि रु चार लाख अनुदान दिने विधि तयार गरेको छ । मनसुनजन्य विपत् प्रभावित पुनःनिर्माण पुनःस्थापना कार्यक्रम अन्तर्गत संघीय सरकारको ६०, प्रदेश सरकारको ३० र स्थानीय सरकारको १० प्रतिशत सहभागीतामा मात्रै अनुदान दिने व्यवस्था छ ।
सो विधिअनुसार स्थानीय तहले प्रक्रिया पुर्याउन नसक्दा अनुदान उपलव्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । पीडितमध्ये हालसम्म बागलुङ नगरपालिकाका २१ र बडिगाड गाउँपालिकाका १४ जनाले अनुदानबापतको पहिलो किस्ताको रकम पाएका छन् । जैमिनी नगरपालिकाका ६० मध्ये ३० परिवारको पहिलो किस्ताको रकम दिने प्रकृया सुरु भएको छ भने बाँकी ३० जनाको कागजात पुगेको छैन् । पीडितले अनुदान पाउनका लागि स्थानीय तहले कागजात पूरा गरेर जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्छ ।
जिल्ला प्रसासनले प्रमाणित गरेपछि मोबाइल एपमा प्रविष्ट हुनुपर्ने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तेजराज गौतमले बताए । “धेरैको काजगात पुगेको छैन, कागजात पुगेकाहरुको पनि मोबाइल एपमा प्रविष्ट भएको पाइएन्”, उनले भने “हालसम्म ४८० जनाको मात्र मोबाइल एपमा प्रविष्ट भएको छ ।”
स्थानीय तहले आवश्यक प्रक्रिया पुरा नगरिदिँदा पीडितले राहत पाउनबाट वञ्चित भएको गुनासो गर्न थालेका छन् । बागलुङका १० वटै स्थानीय तहमा बाढीपहिरो प्रभावित भएपनि अहिलेसम्म राहत नपाएको पाइएको हो । मनसुनजन्य विपत् प्रभावित पुनःनिर्माण पुनःस्थापना कार्यक्रम पीडितले पाउने रकम भने जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको जनाइएको छ ।
जिल्लाको सबैभन्दा बढी पीडित ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र जैमिनी नगरपालिकामा रहेका छन् । ढोरपाटन नगरपालिकाका ७० घरको कागजात पुगेर प्रमाणित भएको छ । निसीखोलामा ३० घरको प्रमाणित भए पनि ४ घर बाँकी छन् । काठेखोला र तमानखोलालले भने कागजातनै पठाएका छैनन् ।
बाढीले घरबारी बगाएको दुई वर्षसम्म पनि सरकारबाट पाउनु पर्ने राहत नआएको बाढीपीडित कुलबहादुर विकले बताए । उनले कागजपत्र पालिकामा पठाएको दुई वर्ष हुन लागेको भन्दै अहिलेसम्म आफूहरुले राहत पाउने र नपाउने विषयमा टुंगो नभएको बताए । बाढीपहिरोबाट पीडितका घर पुन निर्माणका लागि पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता दुई लाख र तेस्रो किस्ता १ लाख ५० हजार दिने कार्यबिधि छ । साझेदारीमा संचालन हुने कार्यक्रमको लागि पहिलो वर्ष स्थानीय तहले जम्मा गर्नुपर्ने रकम जम्मा नगरेका यहाँका स्थानीय तहले पछिल्लो पटक कागजात पुरा गर्ने र प्रमाणित गर्ने काममा बिलम्व गरेका हुन् । पुनःनिर्माणको काम समयमा हुन नसक्दा पीडित मर्कामा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार