देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपालबहस संवाददाता
असार ९, २०७९ बिहिबार १९:९:२१

९ असार, काठमाडौं । पर्सा, सुर्खेत, झापा, कञ्चनपुर र भक्तपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढ्वामा ना.४ ख ४८४२ नम्बरको ट्रकले ना.४४ प १८०७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही महानगरपालिका–२६ सुगौली बस्ने ३५ वर्षीय बसरुदिन अन्सारी रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा बा।१ झ ८७८४ नम्बरको जिप बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका–२ बस्ने २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिप चालक समेत ४ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ ।
झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढी गाईना बस्तीमा प्र.१–०१–००१ ह ८६०१ नम्बरको सिटीलाई प्र।१–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले बुधबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिटी चालक सोही नगरपालिका–९ बस्ने ४३ वर्षीय रमेश कटवाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मिनी ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा सु.प.प्र ०१–०१० प ८३९ नम्बरको मोटरसाइकल बुधबार गाढामा ठोक्किँएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पुर्नवास नगरपालिका–१ गणेश बस्ती बस्ने २४ वर्षीय बिश्राम राना रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको इसान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ आदर्शचोकमा बा.८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा.४ ख ५२९८ नम्बरको टिपर बिहीबार बिहान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ व्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठी समेत २ जना छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
जेठ २२, २०८० सोमबार
यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने
जेठ २२, २०८० सोमबार
त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते
जेठ २२, २०८० सोमबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
जेठ २२, २०८० सोमबार
गुणस्तर तथा नापतौल कार्यालयका नासु यादवको चार करोड अतिरिक्त सम्पत्ति
जेठ २२, २०८० सोमबार
सन् २०२३ मा हवाई उद्योगले कोभिडपछिको कीर्तिमानी रेकर्ड कायम गर्ने
जेठ २२, २०८० सोमबार
यौन दुर्व्यवहार मुद्दामा मदन राई धरौटीमा रिहा
जेठ २२, २०८० सोमबार
सांसदहरूले गरे गाँजा खेती गर्ने सरकारको निर्णयको समर्थन
जेठ २२, २०८० सोमबार
राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त
जेठ २२, २०८० सोमबार
प्रतिनिधिसभाको बैठकमा शाेक प्रस्ताव पारित, अर्काे बैठक भाेलि ११ बजे बस्ने
जेठ २२, २०८० सोमबार
अर्थमन्त्री महतमाथि घरानालाई पोस्ने गरी करको दर हेरफेर गरेको आरोप
जेठ २२, २०८० सोमबार