९ असार, काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक शेयरधनी भरतकुमार नेपालले आफ्नो नाममा रहेको एक लाख ६४ हजार १३१ कित्ता शेयर बिक्रीमा ल्याएका छन् ।
माछापुच्छ्रेकै संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन । शेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यसअवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।