१६ असार २०७९, बिहीबार
शिक्षा

जाजरकोटका सबै पालिकामा लागुऔषधविरुद्ध सचेतना

प्रकाशित मिति :  ९ असार २०७९, बिहीबार १५:०४


९ असार, जाजरकोट ।  प्रहरीले जाजरकोटका सबै पालिकामा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । जिल्लाका विद्यालय तथा गाउँमा सचेतना कार्यक्रम सुरु गरिएको प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले बताए ।

छुवाछुतविरुद्ध अभियानसमेत सञ्चालन गरेको प्रहरीले सँगै लागुऔषधविरुद्ध पनि कार्यक्रम सुरु गरेको हो । कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामुलक कार्यक्रम सुरु गरिएको प्रहरीले बताएको छ । जाजरकोटमा सात पालिका रहेका छन् ।

लागुऔषधको बिक्रीवितरण लगायका विषयले समस्याकै रुप लिएपछि प्रहरीले अभियान सञ्चालन गरेको हो । विद्यालय उमेरका बालबालिकालाई सचेतना जगाउन सके मात्र धेरै समस्या समाधान हुने प्रहरीको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर प्रहरीले आफ्नो अभियानलाई तीव्रता दिएको छ ।

जुवातास जस्ता समाजमा विकृति फैलाउने कुरालाईसमेत निगरानी गरेको प्रहरीले पछिल्लो समय भने जनपक्षीय काम गर्दै आएको स्थानीयवासी बताउँछन् ।

त्यस्तै कुशे गाउँपालिका–८ को बिजुलीडाँडा र वडा नं ९ को पैंक जोड्ने स्थानीय खोलामा पुलसमेत प्रहरीकै सक्रियतामा निर्माण गरिएको छ । खोला तर्नका लागि स्थानीयवासीलाई समस्या भएपछि प्रहरीकै सक्रियतामा पुल निर्माण गरिएको थियो ।

सवारीसाधन जथाभावी चलाएर दुर्घटना पर्न सक्ने भन्दै जिल्लाभित्र चल्ने सवारी साधनमा टाइम कार्डसमेत लागू गरिएको प्रहरीले जनाएको छ । जनतासँग जोडिएर प्रहरीले सामाजिक सेवा मात्र होइन, विकृतिविरुद्ध अभियानसमेत चलाउने काम गरिरहेको नागरिक समाजका अगुवा हरिबहादुर सिंहले बताए।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता