फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो
नेपालबहस संवाददाता
असार ९, २०७९ बिहिबार २१:३४:५८
९ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो ।
नेपालले भर्खरैमात्र एएफसी एसियन कप-०२३ को तेस्रो चरणको छनोट खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७(० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो ।
वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।
नेपाल दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा छ । नेपाल एसियाली वरीयताको ३५औँ स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा भने भारत छ । भारत वरीयताको एक सय चार स्थानमा छ ।
यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५६औँ स्थानमा, चौथो स्थानमा रहेको भुटान एक सय ८६औँ, पाँचौँ स्थानमा रहेको बंगलादेश एक सय ९२औँ, छैटौँ स्थानमा रहेको पाकिस्तान एक सय ९६औँ स्थानमा र सातौँ स्थानमा रहेको श्रीलंका दुई सय सातौँ स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार