१६ असार २०७९, बिहीबार
बाग्मती प्रदेश

काठमाडौं महानगरमा २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी

प्रकाशित मिति :  ९ असार २०७९, बिहीबार १६:२१


९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/0८० का लागि रु २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट बिनियोजन गरिएको थियो ।

आगामी आवका लागि चालुआवको भन्दा रु सात अर्ब भन्दाबढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डंगाेलले जानकारी दिए । आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने पनि उनको भनाइ थियो । चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैंगिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ ।

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो । चालु आवकै बजेटमा कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रमा रु ५५ करोड, सामाजिक विकासमा रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासमा रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो । आगामी वर्षका लागि महानगरले शुक्रबार बजेट ल्याउन तयारी गरेको छ ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता