११ असार २०७९, शनिबार
समन्वय संयन्त्रको बैठक

एमाले जनसंगठन मुल्यबृद्धिबिरुद्ध आन्दोलनमा जाने, सडक तताउने

प्रकाशित मिति :  ९ असार २०७९, बिहीबार १६:३४


९ असार, काठमाडौं । नेकपा एमाले निकट विभिन्न भ्रातृ संगठनहरूले महँगी, कालोबजारीविरुद्ध सडक आन्दोलनमा जाने र सडक तताउने घोषणा गरेका छन्।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संयन्त्रको बैठकले आकासिएको मूल्यबृद्धि, रासायनिक मलको अभाव र बिद्यार्थीले पाठ्यपुस्तक नपाएको बिषय अत्यन्तै संवेदनशील रहेकोले आन्दोलनमा जाने निर्णय लिएको हो ।

 बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अनेरास्ववियु अध्यक्ष सुनिता बरालले भनिन्, ‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरु सहभागी भएका थिए ।

एमाले उपमहासचिव तथा पार्टी स्कूल बिभाग प्रमुख प्रदीप ज्ञवालीसमेत सहभागी भएको बैठकले आन्दोलनमा जाँदा सडक र सदन दुवैलाई जोडने निर्णय पनि गरेको छ ।

संयन्त्र बैठकले २२ वटै जनसंगठनको तर्फबाट सरकारबाट भइरहेको जनतामारा नीतिको बिरोधमा संयुक्त बिज्ञप्ती निकाल्ने र लगत्तै सडक आन्दोलन तताउने निर्णय गरिएको छ ।


299
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा