हाँस्ने खेल्ने बेलैमा पूजा र आकाश खुलेर नाचे
नेपालबहस संवाददाता
असार ९, २०७९ बिहिबार २२:४५:३९
९ असार, काठमाडाैं । प्रेमकथामा आधारित फिल्म ‘सम्झना बिर्सना’मा समावेश ‘हाँस्ने खेल्ने बेलैमा बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीत सार्वजनिकमा हाँस्ने खेल्ने बेलैमा कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ खुलेर नाचेका छन् ।
असार ३१ गते प्रदर्शन हुने फिल्मको गीतमा अञ्जु पन्त र किरण गजमेरको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी र शिव ढकालको छायांकन रहेको गीतमा फिल्मका प्रमुख कलाकार पूजा र आकाश फिचर्ड छन् ।
‘डान्सिङ फ्लेभर’को रोमान्टिक गीतमा पूजा र आकाश खुलेर नाचेका छन् । भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको गीत युट्युब ट्रेन्डिङमा समेत प्रवेश गरेको छ ।
अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधानको निर्माणमा बनेको फिल्मको लेखन तथा निर्देशन निमेष प्रधानले गरेका हुन् । स्थानीय निर्वाचनका कारण जेठ ६ मा प्रदर्शन स्थगित गरिएको फिल्म अब भने ३१ असारमा दर्शकमाझ आउँदैछ । फिल्ममा समावेश ‘परेलीमा लुकाउँछु’ बोलको गीत केही समयअघि नै सार्वजनिक भइसकेको छ ।
फिल्ममा पूजा र आकाशको जोडीका साथमा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । अद्वितीय फिल्म्सको प्रस्तुति रहेको ‘सम्झना बिर्सना’को छायांकन भारतका दार्जिलिङ, सिक्किम, सिलीगुडीमा गरिएको छ भने एउटा गीत काठमाडौंमा गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक 'भिडियो'
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार