धितोपत्र बोर्ड र लगानीकर्ता तिलक कोइरालाबीच सहमति
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २०:३४:११
१० असार, काठमाडौं । असार १ गतेदेखि शेयरबजार सुधारको १९ बुँदे माग राख्दै आमरण अनशनमा बसेको लगानीकर्ता तिलक कोइरालाले अनशन तोडेका छन् ।
१९ बुँदे माग कार्यान्वयनका लागि प्रतिबद्धतासहित समन्वयन गर्ने सहमतिपछि लगानीकर्ता कोइरालाले आज दशौं दिनपछि अनशन तोडेका हुन् । उनी यसअघि पनि दुईपटक आमरण अनशन बसेका थिए ।
बोर्ड अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर उनले आमरण अनसनको अन्त्य गरेका हुन् । आमरण अनसन अन्त्य गर्दै कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठन भएको संघर्ष समिति पनि विघटन भएको बताएका छन् ।
सरकारले साढे तीन वर्ष अघि नै गरिसक्छु भनेका कामहरू पूरा नगर्दा अहिले पुँजी बजारमा गम्भीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका थिए ।
बोर्डले लगानीकर्ताको मागहरू सम्बोधन गर्नेगरी कार्यान्वयन समिति गठन गर्ने सहमति जनाएसँगै कोइरालाले आमरण अनसन अन्त्य गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार