कथालयका दुई बाल चित्रपुस्तक सार्वजनिक
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २०:४६:१५
१० असार, काठमाडाैं । दुई बालचित्र पुस्तक “मेरो प्यारो खेलौना” र “सधैं समीप” हात्तीवनस्थित प्रिममियर इन्टरनेस्नल स्कुलमा सार्वजनिक भएको छ। “मेरो प्यारो खेलौना” का लेखिका इभोन भोन उल र “सधैं समीप” का लेखक मार्क योन्सनका साथ बालबालिकाले पुस्तक बिमोचन गरेका हुन् ।
मेरो प्यारो खेलौनामा लीला उनका प्यारा खेलौनाहरू लिएर घुम्न जान्छन्। बाहिर पुगेपछिती सबै खेलौना जीवित हुन्छन्। आफ्ना खेलौनासँग बालबालिकको सम्बन्ध, मायार कल्पना शक्तिलाई चित्रपुस्तकमा समावेश गरिएको छ। यस पुस्तकको लेखिका र चित्रकार इभोन भोन उल हुन्। यो पुस्तक विशेषगरी ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी प्रकाशन गरिएको हो।
पुस्तक सधैं समीप एक बालकको कथा हो। आफ्नी हजुरआमालाई धेरै सम्झीरहने बालकको कथामा पुस्तक केन्द्रित छ। जुनै ठाउँमा गएपनि आफ्नी हजुरआमाको याद गरिरहने बालकको मनोविज्ञान पुस्तकले रोचक ढंगले प्रस्तुत गरेको छ। यो एउटा यस्तो कथा हो, जुन समवेदना र सरलताका कारण मार्मिक छ। यस चित्रपुस्तकले भौतिक रुपमा हराएको मानिसको स्नेह, ध्यान र उपस्थितिलाई आफ्नो वरिपरिका वस्तुहरुमा खोज्न र महसुस गर्न सकिन्छ भन्ने कुरा प्रस्तुत गरेको छ। चित्रपुस्तक ९ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुनेछ।
यस चित्रपुस्तकका लेखक तथा चित्रकार नेदरल्यान्ड्सका मार्क योन्सन हुन्। उनले ५०० भन्दा धेरै पुस्तकका चित्र तयार गरिसकेका छन् भने यो उनको लेखेनर चित्राङ्कन गरेको दशौँ चित्रपुस्तक हो । यो पुस्तक उनले बिगतको २ पटकको नेपाल भ्रमण पश्च्यात नेपालको परिवेश रपात्र लिएर तयार पारेका हुन्।
यो पुस्तक हालसम्म ३ फरक भाषामा प्रकाशन भैसकेको छ। यसभन्दा अगाडी उनका दुई चित्रपुस्तक कथालयबाट नै प्रकाशित भइसकेको छ। लेमिनिस्केट मूल प्रकाशक रहेको दुवै पुस्तकको नेपाली भाषामा अनुवाद कथालयका डाइरेकटर तथा को फाउन्डर राजीवधर जोशीले गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार
वीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार