विराटनगर महानगरमा तीन अर्ब ६२ करोड बजेट
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २१:२३:५३
१० असार, विराटनगर । विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ ।
आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ । सो व्ययमध्ये कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ रु एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकासतर्फ रु २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ रु ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु सात करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड ६० लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ ।
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वाचन गर्नुभएको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनामा रु ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि रु ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि रु २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि रु ४० करोड, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा रु १४ करेड, अन्य पूर्वाधारतर्फ रु नौ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्रका लागि रु दुई करोड ५० लाख र समपूरक कोषमा रु चार करोड ८० लाख विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ रु चार करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट रु एक अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय रु एक अर्ब, जनसहभागिता रु आठ करोड, अन्य अनुदान तथा ऋण रु १० करोड १९ लाख र अन्य सङ्घसंस्था रु तीन करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ ।
नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय नतिजा हासिल हुने विश्वास व्यक्त गरिएको छ ।
मध्यकालीन खर्च संरचना
त्रिवर्षीय मध्यकालीन खर्च संरचनाअनुरुप आव २०८०÷८१ का लागि रु तीन अर्ब ९८ करोड ८१ लाख २३ हजार र आव २०८१÷८२ का लागि रु चार अर्ब ३८ करोड ६९ लाख ३६ हजार आय तथा व्ययको अनुमान उपप्रमुख कार्कीले बजेटमा वाचन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट
बैशाख ७, २०८१ शुक्रबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार