नेपाल–भारत सीमा ७२ घण्टाका लागि सिल
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २२:४०:१
१० असार, झापा । नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताए । उनका अनुसार आज बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ ।
विशेषगरी, बिरामी, असहाय र अशक्तलाई नाका वारपार गर्नुपर्ने परेमा दुवैतिरका सुरक्षा निकायको समन्वयमा गरिने उनको भनाइ छ । दार्जिलिङसँगै मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा समेत जिटिएको चुनाव हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
किसान महासंघ सुनसरीले मनायो गिरिजाप्रसाद कोइराला स्मृति दिवस
चैत ८, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार