१ भाद्र २०७९, बुधबार
राजनीति
राजनीति

मलाई अब एकपटक प्रधानमन्त्री भएर काम गर्ने इच्छा छः प्रचण्ड

प्रकाशित मिति :  १० असार २०७९, शुक्रबार १६:५६


१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।उनले यसअघि प्रधानमन्त्री बन्दा विभिन्न कारणले काम गर्न नसकेको भन्दै फेरी प्रधानमन्त्री भएर काम गर्ने इच्छा भएकाे बताएका हुन् ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले देशमा अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै फेरि नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढने बताए ।

‘अर्कोपटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखापरेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ,’ उनले भने, ‘किनकी मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति ।’

अध्यक्ष दाहालले पहिलोपटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावी समेत गरे । प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सपना हो कि जस्तो लागेको बताए । उनले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा झिलिमिलीमा नै कार्यकाल बितेको सुनाए । ‘पहिलोपटक प्रधानमन्त्री हुँदा त झिलिमिली–झिलिमिलीमा गयो । के हो यो सपना हो कि विपना हो भन्ने विचार गर्दागर्दै नौ महिनाको कार्यकाल बितिहाल्यो । नयाँ परिस्थिति बन्यो’ उनले भने ।

दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गरेको बताए । त्यतिबेला, मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानो नभएको बताए । उनले छिमेकीसँगको सन्तुलित बनाएर सहयोग जुटाउने कुरा ठूलै भएको बताए । उनले अर्कोपटक नेतृत्व गर्ने अवसर पाउने भए देशलाई नयाँ युगमा लैजाने सपना रहेको समेत सुनाए । उनले विरोध गर्नेहरुको हातमा डाडुपन्यु हुनु विडम्बनासमेत रहेको बताए ।


689
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा