एकअर्कोलाई नछोएरै सकियो प्रेमगन्जको शीर्ष गीत
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २२:४७:२
१० असार, काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ ।
तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् । गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन् ।
कोरियोग्राफीको यो शैलीलाई प्रष्ट पार्दै परिच्छेद भन्छन्, ‘चलचित्रको टर्निङ पोइन्ट त्यही नै हो र चलचित्रको सम्पूर्ण कथा उनीहरूको त्यही माया गर्ने शैली भित्र लुकेको छ ।’
चलचित्रको टिजरमा पनि राजाले मैनाको छायाँलाई स्पर्श गर्ने कोशिस गरेको दृश्य देख्न सकिन्छ । टिनएजदेखि युवा अवस्थासम्म एकले अर्कोलाई नछोई कसरी प्रेम गर्न सके रु यो कौतुहलता मेटाउन हल जानुपर्ने निर्देशक परिच्छेदको जिकिर छ । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् ।
चलचित्रको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि परिच्छेद सेन नै हुन ।
फिल्ममा बेनिशा हमाल, तेज गिरीका अलावा सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।
स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो । चलचित्रको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा चलचित्र एकसाथ प्रदर्शन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार