हलेसी तुवाचुङमा ६४ करोड ५८ लाखको बजेट पेस
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २३:७:३७
१० असार, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि अनुमानित साढे ६४ करोडको बजेट पेस गरेको छ । बिहीबार सम्पन्न ११औं नगरसभाबाट नगरपालिकाले ६४ करोड ५८ लाख २७ हजार ४५० रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो ।
कुल बजेटमध्ये ससर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानका लागि विनियोजन गरेर बाँकी रहेको १८ करोडको परिधिमा रहेर नगरपालिकाले बिकास बजेट तय गरेको हो । १८ करोडमध्येबाट पुँजीगततर्फ १३ करोड ५० लाख र चालुतर्फ चार करोड ५० लाख विनियोजन गरिएको छ ।
उपमेयर रमेश राउतले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा प्रशासनिक खर्चतर्फ कुल बजेटको २५ प्रतिशत, पूर्वाधार विकास समितितर्फ कुल बजेटको ३७।१ प्रतिशत, सामाजिक विकासतर्फ कुल बजेटको २१।७७ प्रतिशत, आर्थिक विकासतर्फ कुल बजेटको ९।९० प्रतिशत, वन, वातावरण, विपद, फोहोरमैला व्यवस्थापनतर्फ कुल बजेटको १.१७ प्रतिशत र सामाजिक सेवा तथा सुशासनतर्फ कुल बजेटको ४।८ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ । नगरपालिकाले वडालाई विगतको तुलनामा १० प्रतिशतका दरले बजेट बढाएर बिनियोजन गरेको नगर प्रवक्ता कमल गिरीले बताए ।
नगरपालिकाले भूमि बैंकको अवधारणालाई अवलम्बन गरी खेतीयोय जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, बाली तथा पशु विमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फ्रुटलगायतका नगदेबाली खेती गर्ने कृषकलाई नगद प्रोत्सान स्वरुप प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
यस्तै, नगरमा सम्भावना बोकेको गहत, बदाम र स्थानीय उत्पादन ढाका, खाँडी जस्ता महत्वपूर्ण उत्पादन नगर आगन्तुकलाई प्रदान गर्न, मायाको चिनोरकोसेलीको रूपमा बिक्री वितरणको व्यवस्था मिलाइ प्रवर्द्धन गर्ने, नगरभित्रका उच्च शिक्षा ९डाक्टर, इन्जिनियर र पाइलट० अध्यायन गर्न चाहने विपन्न,जेहेन्दार तथा विद्याबारिधि गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने, सुविधा सम्पन्न नगर अस्पाल निर्माण गरी स्वास्थ्य विमा कार्यक्रम लागू गर्नेलगायतका नीति तथा कार्यक्रम अघि सारेको छ । नगरसभा मेयर बिमला राईको सभापतित्वमा सम्पन्न भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
अध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार