धरानको बजेट एक अर्बभन्दा बढी
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २३:३३:५३
१० असार, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।
धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन् । कूल बजेटमध्ये चालुतर्फ रु ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ रु ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ रु तीन करोड २५ लाखको बजेट विनियोजन गरिएको उनले बताए।
आन्तरिक राजस्वबाट रु २५ करोड, संस्थागत आन्तरिक अनुदान रु पाँच करोड २० लाख, सङ्घीय सरकारबाट रु ८३ करोड चार लाख, प्रदेश सरकारबाट रु तीन करोड ५० लाख ७० हजार, सङ्घीय राजस्व बाँडफाँटबाट रु २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु २० करोड र अपुग हुने रु ११ करोड ३० लाख आठ हजार नगद मौज्दात परिवर्तनबाट स्रोत व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताए ।
धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिए ।
धरानका २० वटै वडाहरूमा प्रशासनिकतर्फ रु दुई करोड ५० लाख र कार्यक्रम तथा पूँजीगततर्फ रु २९ करोड रकम विनियोजन गरिएको छ । सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि रु २९ करोड १० लाख र शिक्षा युवा तथा खेलकुदतर्फ रु ४० करोड ९७ लाख विनियोजन गरिएको छ ।
स्वास्थ्यतर्फ रु चार करोड दुई लाख, सामाजिक विकासतर्फ रु पाँच करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ रु दुई करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड ६८ लाख बजेट विनियोजन गरिएको बेघाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवा २ खर्बले बढेर २३ खर्ब ८८ अर्ब पुग्यो सार्वजनिक ऋण
चैत ४, २०८० आइतबार
अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री
चैत ४, २०८० आइतबार
बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड
चैत ३, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार