१ भाद्र २०७९, बुधबार
अविरल वर्षा

पोखराका ठाउँ ठाउमा पहिरो र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

पहिरो खसेर खोला थुनिएपछि निकास राेकियाे

प्रकाशित मिति :  ११ असार २०७९, शनिबार १०:१०


तस्बिरः बसन्त दाहालको फेसबुकबाट

११ असार, पोखरा । अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढसय घर डुवेको छ ।

पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए ।

बस्तीसँगै ब्यवसायिक फार्महरुमा पूर्ण क्षति भएको उनको भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ ।

मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।


559
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा